नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका वडा नं ४ किम्ताङका निवासी भएको ञ्यिमा होइस्हेर लामा तामाङ्ग सर्टिफिकेट सहित खेनपो पदमा नियुक्त भएका छन। भारतको उत्तराखण्ड देहरादून स्थित ङोरपाल एवं छ्योइदेन् केन्द्रिय गुम्बाले उनी सहित २१ जना लामाहरुलाई सर्टिफिकेट सहित खेन्पो पदमा नियुक्ति दिएको हो।


१२ वर्षको उमेरमा आफ्नो जन्म भूमी छोडि वि.सं. २०५७ देखि ५ वर्ष नेपाल अहिंसावादि बौध्द धर्म विश्व शान्ति चक्र संघ केन्द्रिय गुम्बा दावनेको स्कूलमा अध्यान गरि 2003 को अन्तिम तिर भारतको उत्तराखण्ड देहरादून स्थित ङोरपाल एवं छ्योइदेन् केन्द्रिय गुम्बामा ५ वर्ष भोट भाषा र लिपी अनि साक्या ङोर सम्प्रदायका छ्योगा छ्यग्लेन (पुजा पाठ) विधि अध्यान गरि सकेर 2009 देखि त्यसै गुम्बाका शेडा (कलेज) साक्या वज्रयान संस्थानमा प्रवेश गरेर बोधिचर्यावतार, प्रमाण युक्तनिधी, मध्यामिकावतार र अभिधर्म कोश करिका आदि ९ वर्ष सुत्रयानका उच्च बौध्द शिक्षाहरू र ३ वर्ष हेवज्र तन्त्र, गुह्यसमाज, चक्रसंभर आदि वज्रयानका तन्त्रहरूको अध्यान सम्पन्न गरेका थिए।
त्यस पछि ५ वर्ष सोहि कलेजका विद्यार्थीहरूलाई पढाइ सकेर 2024/3/20 मा ४२औं र ४३औं श्री साक्या ठिजिन् रिन्पोछे र ङोर लुदिङ खेन्छेन रिन्पोछे, थरचे खेन रिन्पोछे आदि अन्य रिन्पोछे, खेन्पो, टुल्कु, लामा, ज्योमोहरू र मानिपाहरूको उपस्तिथीमा सयौं लामाहरूलाई शास्त्री, आचार्यको सर्टिफिकेट दिदै २१ जना लामाहरूलाई सर्टिफिकेट सहित खेनपो पदमा नियुक्त गरेको हो।
काभ्रेका सिंगा लामा, चितवनका दिल बहादुर तामाङ्ग, सिन्धुलिका ग्यल्छेन् वाङ्छ्युक वल लामा र नुवाकोटका ञ्यिमा होइस्हेर लामा लगायत ४ जना तामाङ्ग लामाहरू पनि खेनपो पदमा नियुक्त भएको हो।

