धादिङ/
जिल्लाको सर्वाधिक पुस्कार राशी रहेको वाका कप यहि चैत २२ गते देखि सुरुहुने भएको छ। गत संस्करण जस्तै उक्त प्रतियोगिता नेत्रावती डवजोङ गाउँपालिका ३ स्थित वाका खेल मैदान गैरामा हुने भएको हो।

उक्त प्रतियोगिताको विजयी टिमले नगद रु २ लाख र उपविजेता टिमले नगद रु १ लाख पुरस्कार प्राप्त गर्नेछन् ।

नेत्रावती डवजोङ गाउँपालिकाको सहयोगमा छार वाका राहा युवा क्लव सेमजोङले आयोजना गर्ने १४ औं वाका कप तथा दोश्रो अध्यक्ष कप 9A साईड खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाईनल बैशाख १ गते नयाँ वर्षको दिन हुने खेल संयोजक दिपक तामाङले नुवाकोट जागरणलाई बताए।

समुन्द्री सतहदेखि करिब २ हजार १५० मिटर उचाइमा अवस्थित वाकाको प्रचार प्रसारका लागि छार वाका राहा युवा क्लब सेमजोङले विगत १३ वर्ष देखि अन्तर क्लव स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता गर्दै आएको छ।

१४ औं वाका कप तथा दोश्रो अध्यक्ष कप 9A साईड खुल्ला नकआउट फुटबल प्रतियोगिता -२०८१

प्रतियोगिता सुरु हुने दिन -वि.स २०८० चैत २२ गतेदेखि
प्रथम पुरस्कार: रु.२,००,००० ट्र्फी, प्रमाण-पत्र तथा मेडल
द्वितिय पुरस्कार: रु.१,००,००० प्रमाण-पत्र तथा मेडल
सेमीफाइनलीस्ट सन्त्वाना पुरस्कर: रु.२५,०००
उत्कृष्ट विधा तर्फ (उत्कृष्ट खेलाडी उच्च गोलकर्ता,उत्कृष्ट गोल रक्षक र प्लेयर अफ द टुर्नामेन्ट)
टीम दर्ता शुल्क : रु. १२,५००/-
डिपोजिट शुल्क : रु. ३ हजार/-
खेलाडी संख्या : ९+५ (एक्स्ट्र)
टिम म्यानेजर : १ जना
कोच : १ जना अनिवार्य
टिम दर्ताको अन्तिम मिति: वि.स २०८० चैत २० गतेसम्म
खेल राष्ट्रिय मान्यता प्राप्त एन्फा रेफ्रिबाट खेलाइनेछ। बाँकी नियम खेल सुरु हुने दिनमा मौखिक तथा लिखित रुपमा जानकारी गराइनेछ ।

Note: खेल अवधिमा कुनै विवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

प्रतियोगिता समापन हुने मिति :
२०८१ बैशाख १ गते हुनेछ र सोही दिन नया वर्ष बिशेष सास्कृतिक कार्यक्रम पनि हुनेछ।
स्थान : नेत्रावती डबजोङ गाउपालिका वडा नं ३ गैरा वाका, धादिङ

टिम दर्ता तथा थप जानकारीको लागि: 9851109479, 9843820284

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय