• असोज २८, २०८३ बुधबार
    14 Oct, 2026, Wednesday

    सगरमाथा साहित्य प्रतिष्ठानको अध्यक्षमा समर चेम्जोङ चयन


    २०८० फागुण ११, शुक्रबार

    २०८० फागुण ११, शुक्रबार

    काठमाडौ /
    सगरमाथा साहित्य प्रतिष्ठानको अध्यक्ष समर चेम्जोङ ‘आभाष’ चयन भएका छन। फागुन ६ गते आईतबार जुम मार्फत भएको केन्द्रीय महाधिवेशनले अध्यक्ष अजित उत्सवलाई स-सम्मान बिदाइ गर्दै संस्थाका केन्द्रीय संरक्षक समर चेम्जोङ ‘आभाष’लाई आगामी कार्यकाल सन् २०२३-२०२५ का लागि नयाँ अध्यक्षका रूपमा सर्व-सम्मत चयन गरेको हो।

    संस्थाका निवर्तमान अध्यक्ष अजित उत्सवको अध्यक्षतामा सम्पन्न भएको उक्त अधिवेशनमा संस्थाका १८ जना पदाधिकारी अजित उत्सव – अध्यक्ष, सरु शितल राई – उपाध्यक्ष, डि एल घिमिरे – महासचिव, सुजन सिरेङ चेङवा लिम्बू – सचिव, राजेशराज गड्तौला – प्रवक्ता, चन्द्र सम्बाहाम्फे लिम्बू – कोषाध्यक्ष, अमन एकल – नेपाल शाखा इन्चार्ज, बुद्धिबल श्रेष्ठ – नेपाल शाखा अध्यक्ष, बबिता बिष्ट – कर्णाली प्रदेश अध्यक्ष, लिली अधिकारी – केन्द्रीय सदस्य, राज यात्री लम्साल – केन्द्रीय सदस्य, युवराज खतिवडा – केन्द्रीय सदस्य, जीरन थुलुङ- भाषा तथा साहित्य विभाग प्रमुख, रोहित कॅुवर – केन्द्रीय सहसचिव, दुरबस्तिको शिशिर रेखी – लेखा विभाग प्रमुख, बिबेक दुलाल क्षेत्री – संरक्षक, समर चेम्जोङ आभाष – संरक्षक, जि. पि. तिवारी – नेपाल शाखा संरक्षकको उपस्थिति रहेको थियो !

    अधिवेशनले नयॅा केन्द्रीय अध्यक्ष चयन गर्नु पहिले निवर्तमान अध्यक्ष अजित उत्सवका तर्फबाट संस्थाको जानकारी सहितको प्रतिवेदन, निवर्तमान महासचिव श्री डि एल घिमिरेले साङ्‌गठनिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्र सम्बाहाम्फे लिम्बूले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै अजित उत्सवले प्रस्तुत गरेको साङ्‌गठनिक प्रतिवेदनमा केही जानकारीहरू र थप सुझाव सहित सर्वसम्मत रूपमा पारित भएको थियो। उक्त समयमा संस्थाका निवर्तमान अध्यक्ष अजित उत्सव तथा महासचिव डि एल घिमिरेले संस्थाका सम्पूर्ण सदस्यहरु प्रति धन्यवाद ज्ञापन गरेका थिए ।

    कार्यक्रमको सहजीकरण निवर्तमान केन्द्रीय महासचिव डि एल घिमिरेले गरेका थिए। अधिवेशन युएई समय बेलुकाको ५ बजे देखि राति ८: ३५ बजे सम्म चलेको थियो ।

    उक्त अधिवेशनले ‘आभाष’ लाई अध्यक्ष सहित उल्लेखित सर्जकहरूलाई नयॅा कार्यकालका लागि सर्व सम्मत रूपमा चयन गरेको प्रवक्ता राजेशराज गड्तौलाले नुवाकोट जागरणलाई बताए।

    संरक्षकहरू:

    विवेक दुलाल क्षेत्री दमक: नेपाल
    किरण कौशल मियोङ्बा: पोर्चुगल
    अजित क्षेत्री: द. कोरिया
    सेल्कर पाख्रिन: नेपाल
    शाश्वत ढङ्गाना: युएई
    दूरबस्तिको शिशिर: नेपाल

    कार्यसमिति:

    अध्यक्ष: समर चेम्जोङ आभाष
    वरिष्ठ उपाध्यक्ष: जीरन थुलुङ राई
    उपाध्यक्ष : सरु शीतल राई
    महासचिव: रोहित कुँवर
    सचिव: कुसुम नेपाली, जापान
    सहसचिव: लिली अधिकारी, स्पेन
    कोधाध्यक्ष: काजल राई
    सहकोषाध्यक्ष: अमृता बान्तावा राई
    प्रवक्ता: राजेशराज गड्तौला, नेपाल

    सदस्यहरू:

    अमन एकल: नेपाल
    सुजन सिरेङ चोङ्बाङ: युएई
    चन्द्र सम्बाहाम्फे: नेपाल
    राज यात्री लम्साल: युएई
    सुमित्रा सुमी: नेपाल
    युवराज खतिवडा: नेपाल
    कृष्ण घिमिरे: नेपाल
    डीके किराँती: युएई
    धनक बहादुर मगर: नेपाल
    किरण टी लिम्बु: यूके
    मुन्चे राई: युएई
    आस्था निरौला
    किशोर धिमाल
    मञ्जुल मितेरी: जापान
    नैना सुब्बा बराइली: भारत
    नकुल पौडेल

    मिल्दो जुल्दो खबर