दोलखा/
जिल्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेटमा जिल्लाको हाट डाँडा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो।
दोलखासँगै आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसूस भएको छ। भूकम्पबाट कुनै क्षति भएरनभएको विवरण आउन बाँकी छ। यसअघि पनि गत शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।


