नुवाकोट /
तामाङ गित संगितमा आफ्नो अलग्गै पहिचान बनाउन सफल गायक विश्वपासा तामाङले नयाँ म्हेन्दोमाया गित बजारमा ल्याएका छन। उनले “रानीवनको कुनामा चरी समायो” बोलको म्हेन्दोमाया गित बजारमा ल्याएका हुन।
दिन म्हुन मिडिया प्रालीको अफिसियल youtube channel मार्फत सार्वजनिक भएको उक्त गित मान्सिङ तामाङको गहकिलो शब्दमा विश्वपासा आफैको संगित रहेको छ भने गितमा विश्वपासा तामाङ र तारा श्रेस मगरले मीठो स्वर भरेका छन।


