भर्याङ भुरुङ /
सोनाम ल्होछार २८६० औ डुक ल्होको अवसरमा कुपा युवा समाजद्वारा आयोजित बृहत सास्कृतिक तथा शुभकामना आदानप्रदानका साथै विविध मनोरन्जानत्मक कार्यक्रम समापन तथा छेलो प्रतियोगिता सम्पन्न भएको छ।


निलकण्ठ १४ का वडाअध्यक्ष नवराज दवाडीको प्रमुख आतिथ्यता र समाजसेवी बुद्धिलाल तामाङको बिशेश आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
छेलो प्रतियोगिता अन्तर्गत अनिल नगरकोटि प्रथम र प्रकाश तामाङ दोस्रो भएका थिए।
उक्त ल्होछार कार्यक्रममा सीता लामा, शैलाप वाइवा, सन्जु लामा लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो।



