नुवाकोट /
जिल्लाको बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा म्यागङ गाउँपालिकाले लगातार दोस्रो जित दर्ता गरेको छ ।

तादी गाउँपालिकालाई ४–२ गोल अन्तरले पराजित गर्दै म्यागङ गाउँपालिका प्रतियोगितामा लगातार दोस्रो जित हात पार्न सफल भएको हो।

म्यागङ गाउँपालिकालाई जित दिलाउन जर्सी नम्बर ७ का विकास थापामगरले दुई गोल गरे। त्यस्तै जर्सी नम्बर १२ का सनिप तामाङ र जर्सी नम्बर का १२ अजय वाइवाले एक÷एक गोल गरेका थिए ।

त्यस्तै तादी गाउँपालिकाको तर्फबाट प्रकाश परियार र विश्वास खनालले सान्त्वना गोल फर्काएका थिए।

खेलको म्यान अफ दी म्याच म्यागङ गाउँपालिकाका जर्सी नम्बर १५ का राम तामाङ घोषित भए।

यसअघि म्यागङले उद्घाटन खेलमा विदुर नगरपालिकालाई पराजित गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय