सामरी /
नुवाकोट जिल्लाको म्यागङ ५ पोखरी डाँडामा छैठौं नगिनिकप फुटबल प्रतियोगिताको उद्घाटन गरिएको छ। म्यागङ -५ का वडाध्यक्ष जितबहादुर तामाङको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिताको उद्घाटन गरिएको हो।

कुल २६ टिमको सहभागीता रहेको उक्त प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा जनआवाज युवा क्लब मानेले साइकोले युवा क्लबलाई पराजित गर्दै विजयी यात्रा शुरु गरेका हुन।

उक्त प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन भने द्वितीय हुने टिमले ५१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।

उक्त प्रतियोगिताको समापन आगामी माघ १२ गते हुने नगिनिथान युवा क्लबका संस्थापक अध्यक्ष चन्द्रबहादुर तामाङ (भुवन)ले नुवाकोट जागरणलाई बताए।

भिडियो:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय