धादिङ /
मानव बेचबिखन मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको छ।

नेत्रावती गाउँपालिका-२ भर घएका ५७ वर्षीय वीरबहादुर तामाङलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो।

ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीका अनुसार तामाङले एक महिलालाई ब्रुनाई पठाइदिने भन्दै भारतको बागडोरामा लगेर बेचेका थिए।

उनलाई ब्युरोबाट खटिएको टोलीले यही माघ ३ गते ललितपुरबाट पक्राउ गरेको हो।

पक्राउ परेका तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक पगेनीले बताए।

‘पीडितको श्रीमान रोजगारीका सिलसिलामा ब्रुनाईमा रहेको समयमा तामाङले तिम्रो श्रीमानले ब्रुनाई ल्याइदिनु भनी चिठ्ठी पठाएका छन् भन्दै झुक्याएर भारतमा १० हजार भारुमा बेचेको अनुसन्धानबाट खुलेको छ’, पंगेनीले भने।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय