नुवाकोट /
ग्राहकको रोजाई अनुसार बालिकाहरू उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले हिजो काठमाडौँ स्थित टोखा नयाँ बसपार्कबाट नुवाकोट तादी गाउँपालिका ६ का २४ वर्षीय सुमन तामाङ पक्राउ हो।

नयाँ बसपार्कमा रहेका विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नावालिकाहरुलाई ललाई फकाई गरेर वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाएको आरोपमा तामाङ पक्राउ परेका हुन्।

पीडित बालिकाहरूको वास्तविक नाम परिवर्तन गरी नयाँ उपनाम दिई वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको मानव बेचबिखन अनुसन्धानका ब्युरोले जनाएको छ।

ब्युरोका अनुसार गोप्य सूचनाको आधारमा ब्युरोबाट खटिएका प्रहरी टोलीले तामाङलाई पक्राउ गरी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा संलग्न गराएको ४ जना नावालिकाहरुलाई उद्धार पनि गरेको छ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ अदालतबाट पक्राउ परेका तामाङको सात दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्युरोले जानकारी दिएको छ।

उद्धार गरिएका नावालिकाहरुलाई हाल सुरक्षित आवास गृहमा राखिएको छ।

बालिकाहरूलाई एकै लहरमा राखी ग्राहकलाई रोज्न लगाई रेट निर्धारण गरी यौनजन्य कार्यको लागि पठाउने गरेको पाइएको छ। त्यसैगरी बालिकाहरूलाई यौनजन्य कार्यमा लगाए बापत ग्राहकहरूबाट प्रति व्यक्ति ५ हजार रुपैयाँ देखि ७ हजार सम्म दिने गरेको ब्युरोका प्रवक्ता कृष्णप्रसाद पंगेनीले बताए।

त्यस्तै अनुसन्धानका आधारमा पीडित बालिकाहरूलाई विगत ५ महिना देखी गेष्ट हाउसहरूबाट बाहिर समेत निस्कन नदिई जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको बताइएको छ।

नयाँ बसपार्क वरिपरि रहेका होटलमा ग्राहक ल्याउनको लागि एजेन्ट समेत परिचालन गरी ग्राहक ल्याए बापत प्रति व्यक्ति २ हजार देखी हजार सम्म कमिसन दिने गरेको ब्युरोको अनुसन्धानबाट खुल्न आएको छ। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय