नुवाकोट /
किस्पाङ गाउँ पालिका-२ ताजि कि पुजा तामाङले २ स्वर्णपदक र १ रजतपदक जित्न सफल भएकी छिन। सिनियर पूमसे र ४६ केजि तौल तर्फको फाइटमा २ स्वर्ण र पुमसे तर्फ १ रजत हात पर्न सफल भएकी हुन् ।

भारतको कालिङपोङ्गमा आयोजित दोस्रो पि.एन.जि ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशिप २०२३ मा तुख्य तेक्वान्दो दोजाङ्गले ३ स्वर्ण, ५ रजत र १ कास्य पदक गरी कुल ९ पदक सहित दोस्रो स्थान हासिल गरेका छन् ।

आइतबार भएको प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै टोखाको तुख्य तेक्वान्दो दोजाङ्गका पुजा तामाङले सिनियर पूमसे र ४६ केजि तौल तर्फको फाइटमा २ स्वर्ण, भुमिका राईले सिनिय पूमसे र ५३ केजि तौल तर्फको फाइटमा २ रजत, सुसन्ध्या खड्काले जूनियर तर्फ १ स्वर्ण र २९ केजि फाइटमा १ रजत र संयोग खड्काले २५ केजि तौल फाइटमा १ कास्य हात पारे।

साथै, हिमाला अधिकारी र सुनिल शाक्यले पुम्से सिनियर १८-३० उमेर समूह मा प्रथम र फाईटमा -६३ kg समुहमा दोस्रो हुँदै १/१ रजतपदक हात पारेका छन।

तुख्य तेक्वान्दो दोजाङ्गले ९ पदक हात पार्दै प्रतियोगिताको दोस्रो स्थान हुन सफल भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय