नुवाकोट /
काठमाडौँमा अनलाइन यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। शनिवार उनीहरूलाई काठमाडौँको दरबारमार्ग र नयाँ बानेश्वर लगायतका ठाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा घर भएका २७ वर्षीय छत्र बहादुर रोक्का, ओखलढुङ्गाका ३३ वर्षीय गोपाल थापा, सिन्धुली घर भएका ४४ वर्षीय सेते सार्की, सल्यान घर भएका २५ वर्षीय शिवराज परियार र नुवाकोट घर भएका ३० वर्षीय अमृत रोका छन् ।

सामाजिक सञ्जाल ह्वाट्स एप मार्फत आरोपीहरूले माग अनुसार युवतीहरूलाई यौन सम्पर्कका लागी पठाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रेग्मीका अनुसार आरोपीहरूले ग्राहकले बोलाएको ठाउँमा युवतीहरूलाई पठाएर कमिसन लिने गरेका हुन्। आरोपीहरू नयाँ बसपार्क र तिलिङ्गेटार लगायतका ठाउँबाट पक्राउ परेका हुन्। उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी रेग्मीले जानकारी दिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय