एएफसी एसिया कप २०२७ को संयुक्त छनोट चरणको खेलमा सयुंक्त अरब इमिरेट्स (युएई) सँग नेपाल ४ गोलले पराजित भएको छ।

बिहीबार राति छनोट चरणअन्तर्गत समूह ‘एच’ को पहिलो लेगमा नेपाल यूएईसँग ४-० ले पराजित भएको हो। दुबईको अल मक्तुम स्टेडियममा भएको उक्त खेलमा यूएईका लागि अली माब्खोतले दसई तथा खालिफा मुबारक अल्हाम्माडी, फाबियो भर्जिनियाे लिमाले एक-एक गोल गरे।

१५ हजार दर्शक क्षमता रहेको दुबईको अल मक्तुम स्टेडियममा थुप्रै नेपाली दर्शकको समर्थन पाएको नेपाली टोलीले खेलको १०औं मिनेटमा नै पहिलो गोल बेहोरेको थियो। यूएईका लागि खालिफा मुबारक अल्हाम्माडीले खेलमा गोलको खाता खोलेका थिए। अलि सालेह आम्रोको पासमा हेडमार्फत गोल गर्दै उनले यूएईलाई १-० ले अग्रता दिलाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x