नुवाकोट/
जिल्लामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन्।
बा ४ ख ५७९३ को नम्बरको बसले वागमती प्रदेश ०३ ००४ प ९२१५ नम्बरको मोटरसाइकललाई बेलकोटगढी-७ बुधसिङघाटमा ठक्कर दिँदा अन्दाजी ५० वर्षीया सावित्रा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
प्रहरीका अनुसार बसको ठक्करबाट घाइते आमा सावित्रा र छाेरा २३ वर्षीय अर्जुन अधिकारीलाई उपचारका लागि त्रिशूली अस्पतालमा लगिएकोमा सावित्रालाई चिकित्सकले मृत घोषणा गरेका थिए।
घाइते अर्जुनलाई त्रिशूली अस्पतालमा उपचार नभएपछि काठमाडौं रिफर गरिएको छ। बस घटनास्थलमै रहेको र चालक फरार रहेको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।