नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -६ पुरानोपानीमा ११ औं भंगेरी कपको उद्घाटन गरिएको छ। गाउँपालिका प्रमुख आशा तामाङको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिताको उद्घाटन गरिएको हो।
कन्यास्थान युवा क्लबको आयोजनामा शुरु भएको उक्त प्रतियोगितामा १८ टिमको सहभागीता रहेको खेल संयोजक वीर बहादुर तामाङले जानकारी दिए।
आज मंगलबार उद्घाटन गरिएको पहिलो खेलमा जुनतारा युवा क्लब (पनेरा) विजयी भएको छ।
नवस्टार युवा क्लब (पोखरी) र जुनतारा युवा क्लब (पनेरा) बिचको उद्घाटन खेलमा कसैले निर्णायक गोल गर्न नसकेपछि पेनाल्टी सुट आउटको साहरा लिइएको थियो जस्मा नवस्टारले ४ गोल गर्दा जुनताराले ५ गोल गर्दै विजयी बनेको थियो।
भाेलि मिति 2080/7/8 गते हुने 4 खेलहरु हुदैछ:
1) कन्या स्थान युवा पुरनाेपनि (A) vs कल्लाबारि युवा क्लब म्यागङ 5 बिहान 8:00
2)मैबल युवा क्लब (A) vs मैबल युवा क्लब (B) 9:30बजे
3)प्रगतिशील युवा क्लब vs चाैतारा युवा क्लब (धादिङ ) 1-30 बजे
4)फलाटे युवा क्लब म्यागङ ६ vs कन्या स्थान युवा क्लब (3:30 बजे