आइतबार बिहान शक्तिशाली भूकम्प गएपश्चात् धादिङ केन्द्रविन्दु भएर लगातार परकम्पहरू गइरहेका छन् ।आज बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार त्यसयता लगातार स–साना परकम्पहरू गइरहेका छन् ।आइतबार बिहान ८ बजेर ८ मिनेट जाँदा सल्यानटार केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।

त्यस्तै ८ बजेर २८ मिनेट जाँदा धादिङकै डाँडागाउँ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो तथा ८ बजेर ५९ मिनेट जाँदा धादिङ नै केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।

यद्यपि ठुलो भूकम्प गएपछि स–साना परकम्प जानु नियमित प्रक्रिया भएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x