• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    इजरायलमा नेपाली लिन: नेपाल एयरलाइन्सको जहाज आजराती जाने


    २०८० असोज २४, बुधबार

    २०८० असोज २४, बुधबार

    नुवाकोट/
    इजरायलमा उद्धारको पर्खाइमा रहेका नेपालीलाई लिन सरकारले आज नेपाल एयरलाइन्सको विमान पठाउने भएको छ।

    परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले राति ११ बजे नेपाल एयरलाइन्सको चार्टर विमान इजरायल पठाउन लागेको जानकारी दिइन्।

    इजरायलमा शनिबारदेखि जारी हमास लडाकु र इजरायली सेनाबीचको लडाइँमा १० नेपाली विद्यार्थीले ज्यान गुमाइसकेका छन्।

    अरू विद्यार्थीले आफूहरू असुरक्षित रहेको भन्दै तत्काल उद्धारका लागि अपिल गरिरहेका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको जहाज पठाएर उनीहरूलाई उद्दार गर्ने निर्णय गरेको थियो।

    इजरायलस्थित नेपाली दूतावासमा स्वदेश फर्कनका लागि ३ सय ५० जनाभन्दा बढीले नाम टिपाइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    मिल्दो जुल्दो खबर