नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका वडा नं -४ किम्ताङ घर भई हाल विदुर ९ नयाँ बस्ती बस्दै आएका छन्त लामा तामाङ वेपत्ता भएका छन्। घरबाट माछा मार्न भनी त्रिशुली खोलामा गएका तामाङ बेपत्ता भएका हुन।

उनको खोजीको लागि सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानिय तथा पिडितका आफन्तहरुले खोजी गरिरहेका छन् ।तर हिजो शुक्रबारसम्म नभेटिएको जागरण सहकर्मी CDS TAMANG ले बताए।

प्रहरीको टोलीले शुक्रवार खम्बाली केम्प, कोल्पुटार, रातमाटे र गल्छीसम्म खोजी गरेपनि भेट्न सकेको छैन।

मेहेन्दोमाया गायक समेत रहेका तामाङ गत स्थानीय निर्वाचनमा तत्कालिन जसपाबाट वडाअध्यक्षका उम्मेदवार समेत हुन।

बेपत्ता तामाङको एक छोरा र एक छोरी रहेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x