नुवाकोट /
सुनका गहना किन्ने बहानामा काठमाडौँका विभिन्न सुन पसलमा चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले चोरीमा संलग्नसहित चोरीका गहना खरिद गर्नेलाई समेत पक्राउ गरेको हो।

प्रहरीका अनुसार काठमाडौँ उपत्यकाका ७ भन्दा बढी स्थानका विभिन्न सुन पसलमा गहना किन्ने बहानामा चोरी गरी फरार रहेको घटनामा अनुसन्धानपछि असोज ५ गते काठमाडौँ महानगरपालिका–१६, पुरानो गुह्येश्वरीबाट तारकेश्वर नगरपालिका–९ घर भई हाल काठमाडौँ, ढुंगेधारा बस्ने ३३ वर्षीय रत्न महर्जन र तारकेश्वर–४ का २२ वर्षीय सुमन पतुवारलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार पतुवार स्कुटर चालक हुन् भने रत्नले सुन किन्ने बहानामा चोरी गर्ने गरेकी थिइन्।

प्रहरीले नुवाकोट जिल्लाको बेलकोट गढी नगरपालिका–७ घर भई हाल काठमाडौँ महानगर–१६, नयाँ बजार बस्दै आएका ३६ वर्षीय बिरेन्द्र विक र भारतको महाराष्ट्र प्रदेश, सोलापुर जिल्ला घर भई हाल काठमाडौँ महानगर–१६, माछापोखरी बस्दै आएका ३७ वर्षीय हनुमन्त फाँडेलाई पनि पक्राउ गरेको छ।

उनीहरु दुवैले रत्न र पतुवारसँग चोरीका सुन किन्ने गरेको प्रहरीको भनाइ छ ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x