नुवाकोट /
जिल्लाको म्यागङ -५ मा अवस्थित विन्दुकेशर मावीमा जिल्ला स्तरीय वक्तृत्वकला सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अन्तर्गत जुनियर उपसमितीको आयोजना तथा शिक्षा तथा खेलकुद शाखा म्यागङ ,नेरेसो देउराली उपशाखा र विन्दुकेशर जुनियर/युवा रेडक्रस सर्कलको आयोजनामा उक्त प्रतियोगिता भएको हो।

५९ औं बालदिवसको अवसरमा “बालमैत्री समाज निर्माणमा जुनियर/युवाको भुमिका” विषयक वक्तृत्वकला प्रतियोगितामा नुवाकोटको श्री सहिद प्रकाश जंग शाह संस्कृत मावीका सुमिना रिमाल प्रथम भएकी छिन।

त्यस्तै श्री विन्दुकेशर माविका अमिता तामाङ दोस्रो र श्री गणेश माविका सुनिता रिमालले तेस्रो स्थान हासिल गर्न सफल भएका छन।

यसैगरी श्री महादेव मावीका रोशनराज रिमाल र श्री बागेश्वरी माविका सिर्जना नेपालले सान्त्वना पुरस्कार हात पारेका छन।

म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङको प्रमुख आतिथ्यता, म्यागङ गाउँपालिकाकी उपाध्यक्ष सीता तामाङको विशिस्ट आतिथ्यता र नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाका अध्यक्ष हरि श्रेष्ठको विशेष आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

उक्त प्रतियोगितामा नुवाकोट जिल्लाभरका १७ माविको सहभागिता रहेको थियो भने उक्त कार्यक्रममा विद्यालयका भाई बहिनिहरुले मनोरञ्जनात्मक कार्यक्रम अन्तर्गत बिछबिचमा नृत्य र नाटक समेत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय