
नुवाकोट /
जिल्लाको तारकेश्वरमा जिएफएन संस्थाद्वारा सहयोग र छात्रवृत्ति प्रदान गरिएको छ। डा भिमलाल तामाङको जि एफ एन संस्था द्वारा तारकेश्वर गा पा वडा न ६ मा उक्त सहयोग प्रदान गरिएको हो।
उक्त संस्थाले २० जना महिलाहरुलाई बाख्रा ,२० जना एकल महिलाहरुलाई नगद,र दोसल्ला ,३४ विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिनुका साथै ३ विधालयलाई स्टेस्नरी लगायत खेलकुद सामग्री सहयोग गरेको छ।
जि एफ एन संस्थाका निर्देशक डा भिमलाल तामाङले उक्त सहयोग सामग्री हस्तान्तरण गरेका हुन।
उक्त सामग्री वितरण कार्यक्रममा संस्थाका सदस्य राजन बम ,वडा अध्यक्ष नारायण रिमाल र राजु रिमालको उपस्थिति रहेको थियो।