नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -५ कल्लाबारीमा रहेको श्री बज्र देबि आ बिमा विद्यार्थीलाई कापी कलम बाँडिएको छ।विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका दावाछिरिङ लामाले विद्यालयका सम्पुर्ण विद्यार्थीहरुलाई कापी कलम वितरण गरेका हुन।

आफू ३५ वर्ष पुरा भएर ३६ वर्ष लागेको सु-अवसरमा विद्यालयका ३० जना
विद्यार्थीहरुलाई कापी कलम तथा शैक्षिक सामग्री व्यक्तिगत खर्चमा बितरण गरेका हुन।

उक्त वितरण कार्यक्रमको संचालन विद्यालयका प्र अ राजकुमार श्रेष्ठले गरेका थिए भने विद्यालयका अन्य शिक्षक शिक्षिका र व्यवस्थापन समितिका सदस्यहरुले जन्मदिनको शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x