कास्की/
जेसीआई पोखरा लेडिद्वारा सञ्चालन गरिएको जेसीज सप्ताह अन्तर्गत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ। २०२३ को तेश्रो दिन आइतबार बिद्यालयमा स्टेशनरी तथा आवश्यक सामाग्री बितरण गरिएको हो।

पोखरा -२६ बिजयपुरमा रहेको श्री भवानी कालिका माध्यामिक बिधालयमा अध्यक्ष जेसी लक्ष्मी कुँबर थापाको अध्यक्षतामा पोखरा महानगरपालिका वडा नं-२६ का वडा प्रमुख नरेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

वडाका सदस्य तथा बिद्यालय व्यवस्थापन समितिका सदस्य तिर्थ बहादुर राजभाट, सोहि बिधालय ब्यवस्थापन समितिका अध्यक्ष चिनिया थापा, सदस्य कर्ण बहादुर रानाभाट, सोही विद्यालयका पूर्व लेखापाल खिम बहादुर थापा, शिक्षक अभिभावक संघका अध्यक्ष सुनिता चालिसे, सोहि बिधालयका प्राचार्य रमेश भट्टराई,घारीपाटन ऋण तथा बचत सहकारीका अध्यक्ष कृष्ण कला केसी, गण्डकी प्रदेशका निवर्तमान माननिय प्रभा कोइराला, पोखरा लेडि जेसीजका निवर्तमान अध्यक्ष जेसी लक्ष्मी अधिकारीज्यू, पूर्व अध्यक्ष मिनु कुँबर श्रेष्ठज्यु तथा विद्यालयका गुरुहरु एवं बिधार्थी भाइबहिनीहरु तथा पोखरा लेडि जेसीज‌का सदस्यज्युहरुको उल्लेख्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयको सबैभन्दा सानो छात्र महबुब अन्सारीलाई स्टेशनरी सामाग्री तथा बिद्यालय पोशाक हस्तान्तरण गरि कार्यक्रमको समुदघाटन गरिएको थियो भने सो बिधालयका नर्सरी देखी कक्षा १ सम्म अध्ययनरत ५० जाना बिधार्थीहरुलाइ बिधालय पोषाक तथा शैक्षिक सामाग्री प्रदान गरिएको उक्त कार्यक्रममा सामुहिक राष्ट्रिय गान लगतै जेसीज आस्था पाठ जेसी सकुन पौडेलले गाएका थिए भने स्वागत मन्तब्य संयोजक जेसी रिना पौडेलको रहेको थियो।

कार्यक्रमको बारेमा मूल संयोजक जेसी प्रमिला सुबेदिले प्रकाश पारेका थिए भने कार्यक्रम सञ्चालन सचिव जेसी अनिता थापाले गरेका थिए।

कार्यक्रममा शुभकामना मन्तव्य पोखरा लेडि जेसीजका पूर्व अध्यक्ष श्री मिनु कुँबर श्रेष्ठले राखेको थियो भने सोहि विद्यालयका प्राचार्य रमेश भट्टराई, तथा निवर्तमान गण्डकी प्रदेश माननिय प्रभा कोइरालाले अतिथिय मन्तब्य राखेको थियो। प्रमुख अतिथिय मन्तब्य, सभाध्यक्षीय मन्तब्य पश्चात सम्पन्न भएको उक्त कार्यक्रममा १५० भन्दा बढिको उपस्थितिमा कार्यक्रम सब्य र भब्य रुपले सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x