नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -५ सामरी नजिकै एउटि महिलामाथि दिउँसै (०३:४५) बजे लुटपाट भएको छ। सामरी बजारबाट टक्सार घर जानेक्रममा ठाडो खोलाको एकान्तमा बाबुराम भुजेलको कान्छी बुहारी सन्तोष भुजेलको श्रीमती बर्ष ३२ को सम्झना भुजेल माथी लुटपाट भएको हो।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

अन्दाजी २०,२२ वर्षका हातमा ट्याटु खोपेका र पहेंलो तथा निलो रंगको टिसर्ट लगाएका दुई युवकद्वारा उनको साथबाट ३९ हजार लुटिएको पिडितले बयान दिएको सामरी प्रहरी चौकिका इञ्चार्ज रविन्द्र श्रेष्ठले जानकारी दिए।

काठमाडौबाट बसमा पैसा आएको र जेब्रा झोला बोकेर घर फर्किने क्रममा एक्कासि आक्रमण हुँदा झोला च्यातेर आफू लुटिएको उनले बताईन।

शरीरमा चोटपटक समेत लागेको पिडित भुजेलको हाल सामरी स्वास्थ चौकीमा उपचार भैरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x