नुवाकोट /
जिल्लाको गल्छी त्रिशूली सडक खण्ड अन्तर्गतको माझथोकमा मोटरसाइकल दुर्घटना भएको छ। अनियन्त्रित मोटरसाइकल सडकबाट तल खस्दा दुई जना सख्त घाइते भएका हुन् ।
प्र.३–०२–००८ प ७९४६ नम्बरको मोटरसाइकल चालक काठमाडौंबाट विदुरतर्फ आउँदै गरेको अवस्थामा चालक काठमाडौं महानगरपालिका ३१ का ३९ का सुरेन्द्र तिमिल्सिना र सवार सोही ठाउँका ४६ वर्षीय अनन्द सुवेदी सख्त घाइते भएका छन्।
चालक तिमिल्सिनाको टाउको र दुवै हातगोडामा चोट लागेको छ भने पडाडि सवार सुवेदीको दुवै हातगोडामा चोट लागेको छ।
घाइते दुवैजनालाई उपचारको लागि जिल्ला अस्पताल त्रिशूली लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि हेलिकप्टरबाट काठमाडौं लैजान लागिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए।