
नुवाकोट /
नेपाली लेखक सङ्घ नुवाकोटको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ।जिल्ला अध्यक्ष जयराम दाहालकाे अध्यक्षतामा प्रथम नेपाली लेखक सँङ्घ नुवाकोटको जिल्ला अधिवेसन सम्पन्न भएको हो।
उक्त प्रथम जिल्ला अधिवेशनवाट नेलेसका नयाँ कार्यसमितिमा अध्यक्ष :प्रमिला दाहाल ,उपाध्यक्ष दिपक तिवारी ,सचिव श्याम प्रसाद पाण्डे ,सचिव भगवती घिमिरे ,काेषाध्यक्ष गणेश प्रसाद पाण्डे ,सदस्यहरु प्रकाश सडौला,ओमकारेश्वर सापकोटा ,सुकुमान डङ्गाेल,मुकुन्द अर्याल चयन भएका छन।
सल्लाहकार युवा कवि श्रीराम श्रेष्ठ ,पुर्व अध्यक्ष तथा साहित्यकार जयराम दाहाल,लेखक तथा क्याम्पस प्रमुख नारायणमान डङ्गाेल,केन्द्रीय सदस्य भगवती खनाल रहेका छन।उक्त अधिवेसनका सभापति जयराम दाहालले लेखक सङ्घकाे स्थापना काल देखि अहिले सम्मकाे अवस्था प्रकाश पार्दै २००७ सालकाे क्रान्तिपछि स्थापित प्रजातन्त्रको नयाँ परिवेसमा अभिव्यक्ति स्वतन्त्रताको पक्षधर स्रष्टाहरु भेला भएर ऋद्धिबहादुर मल्लकाे अध्यक्षतामा विश्वेश्वरप्रसाद काेईराला ,हृदयचन्रसिँह प्रधान,नारायण प्रसाद बाँस्काेटा ,गाेविन्द वहादुर मल्ल,विजय मल्लकाे सहभागितामा नेलेस गठन भई निकै चर्चामा रहेको कुरा प्रष्ट पार्नुका साथै नयाँ वन्ने नेलेस नुवाकोट जिल्ला कार्यसमितिले नुवाकोटमा पनि लेखक तथा साहित्यकारहरुले केही नयाँ परिवर्तन ल्याउने बताए ।
उक्त अधिवेसनमा लेखक तथा क्यामपस प्रमुख नारायणमान डङ्गाेलले आफ्ना भनाई राख्दै लेखन कारणबारे कार्यले नै मानिसकाे अधिकार सुनिश्चितता हुने हुँदा लेखन कार्यलाई लेखक तथा साहित्यकारहरुले अनुसन्धानमुलक पुस्तक तयार गरि व्यक्ति ,समाज र राष्ट्रमा परिवर्तन ल्याउनु पर्ने कुरा प्रष्ट पारे।
नेपाली लेखक सङ्घ नुवाकोट जिल्ला अधिवेसनमा नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य भगवती खनालले नेपाली लेखक सङ्घ २००७ सालकाे क्रान्तिपछि स्थापित प्रजातन्त्रको नयाँ परिवेसमा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर स्रष्टाहरुकाे भेला र गठन पछि निकै चर्चा पाएको नेपाली लेखक सङ्घकाे २०१० मङ्सिर १० मा बसेकाे नेलेसकाे पुन गठन गर्याे।ऋद्धिवहादुर मल्लकै सभापतित्वमा दाेस्राे पटक पुन गठन गरि नेलेसकाे उदेश्य ,विधान र आर्थिक आर्थिक याेजनाहरुकाे मस्यौदा वनाई तेस्रो अधिवेशन सम्पन पछि गाेविन्द बहादुर मल्ल गाेठालेकाे सभापतित्वमा कार्यसमिति बनाई नेलेसकाे विधानकाे भुमिकामा लेखककाे हित र स्वार्थरक्षा ,भाषा साहित्य र सँस्कृतिकाे अभिवृद्धि र उत्थान ,नेपाली भाषा र नेपालका विभिन्न भाषाका लेखकहरुलाई सम्मिलित गर्ने ,नेपाली भाषालाई अन्तर्राष्ट्रिय भाषामा अनुदित गर्ने,विश्व प्रसिद्ध ग्रन्थहरुलाई नेपालीमा अनुवाद गर्ने उदेश्यहरु राखिएको वताए।
उक्त नेपाली लेखक सङ्घकाे कार्यक्रम नुवाकोट आदर्श वहुमुखी क्याम्पसमा भएको थियो ।