नुवाकोट /
काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा नुवाकोटका बाबु र छोरीको मृत्यु भएको छ।

प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका-५ भ्युटावर टावर मुनि अस्थाई टहरामा डेरागरी ज्याला मजदुरी गर्दै आएका नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नं १३ काफलस्वरा निवासी गणेश तामाङ र उनको छोरी आश्मा तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो।

उनका अनुसार शनिवार राति करिब ९ बजे टहरो माथिबाट खसेको पहिरोले ४२ वर्षीय गणेश तामाङ घटनास्थलमा र उनकी १६ वर्षीया छोरी आश्मा तामाङलाई अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।

सो घटनामा परी आमा सञ्जु तामाङ भने सख्त घाइते भएकी छिन ।हाल उनको त्रिभुवन बिश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने मृतक बुबा र छोरीको शव हिजो राति नै पोस्टमार्टमका लागि शिक्षण अस्पताल पुर्याइएको परिवारको सदस्यले जानकारी दिएका छन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय