नुवाकोट /
जिल्लामा नेपाल प्रारम्भिक बालबिकास शिक्षक बाल बिकास शिक्षक कार्य समितिले तेस्रो जिल्ला अधिवेशन सम्पन गरेको छ।
साउन १३ गते शनिबार विदुर नगरपालिकाकाे त्रिभुवन त्रिशूली उच्च माध्यमिक बिधालयकाे हलमा तेस्रो अधिवेशन सम्पन्न गरेको हो।
उक्त जिल्ला अधिवेशनमा दुप्चेश्वर गाँउपालिका, तादी गाँउपालिका, ककनी गाउँपालिका, लिखु गाउँपालिका, म्यागङ गाउँपालिका ,वेलकाेटगढि नगरपालिका ,किस्पाङ् गाँउपालिका,
पञ्चकन्या गाँउपालिका,शिवपुरी गाँउपालिका,सुर्यगडी गाँउपालिका,
तारकेश्वर गाँउपालिका ,विदुर नगरपालिका सहित जिल्लाका १२ वटा पालिकाहरुका विधालयमा कार्यरत बाल बिकास शिक्षकहरु सहभागी भएका थिए।
उक्त अधिवेशनमा प्रत्येक पालिकाका अध्यक्षहरुले आफ्नाे पालिकामा भएको बाल बिकास शिक्षकहरुकाे अवस्थाका वारेमा जानकारी गराएका थिए। उक्त अधिवेशनमा वेलकाेटगढि नगरपालिकाले मात्र बाल बिकास शिक्षकलाई सँघिय सरकारले ताेकेकाे न्यून पारिश्रमिक गत वर्ष देखि नै उपल्ब्ध गराएकाे र अन्य १० वटा गाउँ पालिका र नुवाकोटकाे मुटु मानिने विदुर नगरपालिकाले समेत सँघिय सरकारले ताेकेकाे न्यून पारिश्रमिक बाल बिकास शिक्षकलाई दिएर न्याय दिन नसकेकाे गुनासो बाल बिकास शिक्षक विदुर नगर समितिले गरे।
साथै संघिय सरकारले बालबिकास शिक्षककाे पारिश्रमिक स्थानीय सरकारलाई थप गर्न भनिएता पनि स्थानीय सरकारले संघिय सरकारले भने बमोजिम स्थानीय सरकारले पारिश्रमिक थपेर दिएको अवस्था छैन जस्ले गर्दा न्यून पारिश्रमिक ५०० देखि सुरु गरेर २०,२२वर्ष सम्म पढाउँदा पनि बालबिकास शिक्षकले संघिय सरकावाट १००००मात्र पाएका छन्।
लामाे समय काम गरेर जिन्दगी पूरा सकिन लाग्दा संघिय सरकारले स्थानीय सरकारलाई जिम्मा नलगाई संघवाट नै बाल बिकास शिक्षककाे पारिश्रमिक उपलब्ध भएमा बालबिकास शिक्षकलाई जीवन धन्न केही सहज हुने कुरा बालबिकास शिक्षकहरुले बताए।
आफू सँगै १० देखि ४ वजेसम्म पढाउने अर्को शिक्षकले ४०००० वुझ्दा बाल शिक्षकहरु मात्र १०००० तलब वुझ्न वाध्य भएको छ।स्थानीय सरकारले विभिन्न खालकाे नियम बनाएर बाल बिकास कक्षामा निजि बिधालयकाे पाठ्यक्रम लागू गर्छन् तर पारिश्रमिक भने संघिय सरकारले ताेके वमाेजिम नदिएकाे देख्दा २०-२२ वर्ष जीवन तेतिकै खेर गएको महसुुस हुन्छ भन्छन् लामो समय देखि कार्यरत बाल बिकास शिक्षकहरु।
बाल बिकास शिक्षकहरुकाे तेस्रो जिल्ला अधिवेशनवाट नयाँ कार्य समिति पनि गठन भएको छ।पुरानाे कार्य समितिकाे समय सकिएको हुँनाले नयाँ कार्य समिति गठन गरिएको हो ।उक्त बाल बिकास शिक्षकहरुकाे नयाँ जिल्ला कार्यसमिती अप्सरा गजुरेलकाे नेतृत्वमा १९ सदस्यीय गठन भएको छ।
उक्त कार्य समितिमा नुवाकोट जिल्ला भरिकाे नगरपालिका र गाउँपालिकाका पदाधिकारीहरु एक एक जना समेटेर नयाँ कार्य समिति गठन गरि पूरानाे जिल्ला बाल बिकास कार्यसमितिलाई धन्यवादका साथै विदाई समेत गरिएको छ।
साथै नुवाकोट जिल्लाका बाल बिकास शिक्षकहरु प्रदेश समिति र केन्द्रीय समितिमा समेत सकृयताका साथ सहभागी भएका छन्।