
नुवाकोट /
लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा १ केजी ३ सय २८ ग्राम सहित म्यागङ गाउँपालिका-२ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले नुवाकोटबाट काठमाडौं जाँदै गरेको बा.४ ख ४२१५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।