सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको घटस्थलमै मृत्यु

ताजा समाचार समाचार

सल्यान/
जिल्लामा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ।

बिहीबार बिहान साढे १० बजेको समयमा गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिका ४ का ७० वर्षीय बालाराम डाँगी र उनका ४० वर्षीय छोरा टोपलाल डाँगी रहेका छन्।

सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोला नजिक गुडिरहेको रा १ ख ८३४ नम्बरको बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दामोदर केसीले दुई जनाको मृत्युसँगै गाडी साहू छत्रेश्वरी गाउँपालिका–६ सल्यानका ३३ वर्षीय महेन्द्र वली गम्भीर घाइते भएको जानकारी दिए।

प्रहरीका अनुसार वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *