चर्चित गायक रोविन तामाङको निधन

ताजा समाचार समाचार

काठमाडौ /
नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का चर्चित गायक रोविन तामाङकाे निधन भएकाे छ।

६० वर्षीय उनकाे मंगलबार साँझ काठमाडाैंकाे बूढानीलकण्ठ नगरपालिका-५ चिस्यानीस्थित निवासमा निधन भएकाे हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान कार्कीले तामाङ घरमै मृत भेटिएको पुष्टि गरेका छन्।

कार्कीका अनुसार तामाङको शव उनको दुई तले घरको बेडरूममै भेटिएको हो। तर उनको निधनको कारण खुलिसकेको छैन।

रविनको निधन भएको पुष्टि उनकी दिदी भगवती तामाङले पनि गरेकी छन्। रोविनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *