नुवाकोट /
जिल्लामा लामाे समय देखि न्यून पारिश्रमिकमा काम गर्दै आएका राष्ट्रिय प्रारम्भिक बाल बिकास शिक्षकहरुकाे नगर समिति अध्यक्ष भगवती खनालले बाल बिकास शिक्षकहरुमाथि बिधालय तथा अन्य निकायहरुवाट सम्मानजनक व्यबहार नभएको भन्दै बाल बिकास शिक्षकहरुकाे समस्या तत्काल समाधानको लागि विदुर नगरपालिका प्रमुख राजन लाल श्रेष्ठ र विदुर नगरपालिका शाखा प्रमुख देवीप्रसाद अधिकारीलाई ध्यानाकर्षण पत्र वुझाएका छन्।

उक्त ध्यानाकर्षण पत्रमा अघिल्लो वर्ष नै पुर्व घाेसित र बढेको २०%रकमका साथै हाल राेकिएकाे तलब तत्काल उपलब्ध गराउन भनेका छन् ।

बाल बिकाश शिक्षकलाई केन्द्रीय सरकारले १० बजे देखि २:३०सम्म कार्यलय समय भनेको भएतापनि प्राय सामुदायिक बिधालयहरुले कुनै पनि पारिश्रमिक नथपिकन बाल शिक्षकलाई १० बजे देखि ४ वजे सम्म नै काम लगाउने गरेको हुनाले केन्द्रले ताेकेकाे समय सम्म मात्र काम गर्न लगाउन सवै बिधालयलाई सुचित गरिदिन भनेकाछन् ।

बाल शिक्षकहरुलाई प्राय सामुदायिक बिधालयहरुले अरु शिक्षक सरह व्यवहार नगरी अमानवीय व्यवहार गर्ने गरेको हुँदा बाल शिक्षकलाई पनि अन्य शिक्षक सरह सम्मान व्यवहार गरि सम्मानजनक रुपमा बिधालयमा पढाउन सक्ने बाताबरण सिर्जना गर्न सबै बिधालयका प्रध्यानाध्यापकहरुलाई जानकारी गराईदिन भनेकाछन् साथै स्थानीय सरकार आएपछि बाल बिकास शिक्षकहरुकाे कुनै पनि किसिमकाे तालिमको व्यवस्था नभएको र बागमती प्रदेशले आयाेजना गरेको बालशिक्षकहरुकाे तालिममा नुवाकोट जिल्लाभरिका ४८५बाल शिक्षकहरुलाई कुनै जानकारी नगराईकन अन्य शिक्षक उक्त तालिममा पढाईएकाे जानकारी भएको हुँदा त्यसकाे छानबिन गर्न माग गरेकाछन्।

लामो समय देखि सबैतिरबाट पिडित बाल शिक्षकहरुले बाल शिक्षकहरुकाे समस्या तत्काल स्थानीय सरकारले समाधान नगरे दैनिक विरोध तथा धर्ना कार्यक्रममा उत्रने जानकारी गराएकाछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x