धादिङ/
जिल्लाको रुवी भ्याली गाउँपालिकाको गाउँसभाको क्रममा झडप भएको छ । आइतबार गाउँपालिका कार्यालय सेर्तुङमा सुरु भएको १३औं गाउँसभाको अधिवेशनको क्रममा विवाद हुँदा झडप र तोडफोड भएको गाउँसभामा सहभागी एक जनप्रितिनिधिले बताएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले विद्यालयमा पढाइरहेका शिक्षकलाई स्रोत व्यक्ति नियुक्त गरेको भन्दै विरोध गरेको थियो । त्यस क्रममा उनीहरुले गाउँसभा भइरहेको मञ्चमा तोडफोड गरेका थिए।

त्यसपछि भएको झडपका क्रममा केही जनप्रतिनिधि पनि सामान्य घाइते भएका छन्।

गाउँपालिका अध्यक्ष रामसिंह तामाङ पनि सामान्य घाइते भएका छन् ।नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि गाउँसभा पुन: सुरु भएको थियो।

रुवी भ्याली गाउँपालिकामा माओवादीका रामसिङ तामाङ अध्यक्ष र नेपाली कांग्रेसकी फेलामा तामाङ उपाध्यक्ष छन्। यसअघि २०७४ को स्थानीय तह चुनावमा भने यहाँ राप्रपाका उम्मेदवार निर्वाचित भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय