नेपालीलाई बिदेश लगेर गैरकानुनी काम लगाउने: नुवाकोटका श्याम तामाङ पक्राउ

ताजा समाचार समाचार

नुवाकोट /
नेपालीलाई ‘पर्यटक भिसा’मा कलकत्ता हुँदै लाओसमा लगेर त्यहाँ गैरकानुनी काम गर्न बाध्य बनाएको आरोपमा मानव बेचबिखन ब्यूरोले दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कालिकोट घर भएर काठमाडौँको नागार्जुन बस्ने २५ वर्षीय पदम नेपाली र नुवाकोट ककनी गाउँपालिका–७ घर भएर गोकर्णेश्वर बस्ने ३८ वर्षीय श्याम कुमार तामाङ छन्।

आरोपीतहरुले कलत्ताबाट थाइल्याण्ड हुँदै नेपालीलाई लाओसमा लगेर अनलाइन मार्फत क्रिप्टो करेन्सी र प्रेमको जाल बुनेर ठग्ने धन्दामा लगाउने गरेको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ।

नेपालीहरुलाई आरोपीतहरुले लाओसमा चिनियाँको सम्पर्कमा लैजाने र चिनियाँ नागरिकले बन्धक बनाएर अनलाइन ठगीमा लगाउने गरेको थाहा भएको ब्यूरोका एसएसपी जीवन श्रेष्ठले बताए।

लाओसबाट फर्केर आएका पीडितहरुले बन्धक बनाएर आफूहरूसँग नेपालबाट त्यहाँ लगेबापत ७ लाख नगद लिएको बयान दिएका छन् ।लाओसमा बसेर चिनियाँ नागरिकले अमेरिका र युरोपका नागरिकलाई लक्षित गरेर अनलाइनमार्फत ठगी धन्दा चलाएको पीडितहरुले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *