
आज श्री शाके १९४५ बि स २०८० असार ६ गते बुधबार इश्वी सन २०२३ जुन २१ तारीख आषाढ शुक्ल पक्ष तृतिया तिथी तिष्य नक्षत्र व्याघात योग गर करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा मातंग योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु योग दिवस संगीत दिवस।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय व्यतित रहनेछ। नयाँकार्य प्रारम्भ गर्न समयले साथ दिएकोछ। दाम्पत्य सम्वन्धमा सामान्य समस्या देखा पर्नेछ। साजेदारी कार्यका क्षेत्रमा समेत सजगता अपनाउनु होला। बिशिष्ठ व्यत्तिहरु सँगको भेटघाटले मन हर्षित रहनेछ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कला कौशलका क्षेत्रमा लगाईको समय नीकै उत्तम रहनेछ। आफन्तजनहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन। यात्राका क्षेत्रमा भने सावधानी अपनाउनु पर्नेछ। शत्रु पक्ष सवल रहनाले नयाँ लगानीमा सावधानी अपनाउनु पर्नेछ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
मानसिक चन्चलताका कारण कार्य क्षेत्रमा सामान्य प्रभाव पर्नेछ। वाणीमा सावधानी अपनाउनु होला। मिष्ठान्न भोजन प्राप्तीको योग रहेकोछ । बिश्वासिला मित्रजनहरुबाट धोकाको सम्भाबना रहेकोछ। अध्यन अध्यापनमा लगाईएको समय उत्तम रहनेछ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पारीवारिक साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहनेछ। साजेदारी कार्यमा गरीएको लगानी उत्तम साबित हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य अस्मन्जसता उत्पन्न हुनेछ। स्वास्थ क्षेत्रमा सामान्य सुधारको समय रहेकोछ। मनोरञ्जन पूर्ण यात्राको समय रहेकोछ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अनावश्क खर्चको सम्भाबना रहेकोछ। आफन्तजनहरु सँगको सम्बन्धमा समेत तिक्तता उत्पन्न हुनेछ। देश बिदेशको यात्राको सम्भाबना रहेकोछ। प्रेम सम्बन्धमा भने प्रगाढता छाउनेछ। पारीवारिक सरसल्लाह तथा सरसहयोग बाटमात्र कार्य प्रारम्भ गर्नुहोला।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आय र्आजनका बिभिन्न श्रोतहरु फेला पर्नुका साथै आम्दानीमा वृद्धिहुनेछ। अध्यन अध्यापनका क्षेत्रमा मन स्थिर नरहला। मित्रजनहरु सँगको भेटघाटको योग रहेकोछ। खानपानका क्षेत्रमा भने सावधानी अपनाउनु होला। शुभचिन्तक हरुको बृद्धि हुनेछ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
शारीरिक आलस्यताका कारण कार्य क्षेत्रमा ढिलाइको सम्भाबना रहनेछ। मान्यजनहरु सँगको सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुनेछ। सवारी साधनको प्रयोगमा बिशेष साबधानी अपनाउनु होला ।अनुसन्धान मुलक कार्य क्षेत्रमा निकै लाभ हुनेछ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
यात्रा कारक समय रहेकोछ। तपाँइ द्वारा सम्पादित कार्यके श्रेय अन्य गैर व्यत्तिले प्राप्त गर्नेछन। निर्णय गर्ने क्षमतामा कमि भएको महसुस रहनेछ। परीवारका सदस्यहरु बाट टाढाँ भएको अनुभुती हुनेछ। अध्यन अध्यापनमा समय उत्तम रहेकोछ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थका क्षेत्रमा सामान्य समस्या देखा पर्नेछन। खान पानमा साबधानी अपनाउनु होला। स्थान परीवर्तनको समेत योग रहेकोछ। आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य समस्या देखा पर्नेछन। रोकिएर रहेको कार्य नयाँ ढंग बाट प्रारम्भ गर्नाले उत्तम फल प्राप्त हुनेछ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दाम्पत्य सम्बन्धमा सामान्य समस्या देखा पर्नेछन। साजेदारी कार्यबाट निकै लाभ प्राप्त गर्न सकिनेछ। लगानी गर्न समयले साथ दिनेछ। आफ्नो एकल निर्णयका कारण सामान्य झमेला झेल्नु पर्नेछ। मानसम्मानमा सामान्य ठेस पुग्न सक्नेछ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
आलोचक हरुकाकारण कार्य क्षेत्रमा समस्या भोग्नु पर्नेछ। यात्रामा समेल साबधानी अपनाउनु होला। परीवारका सदस्यहरु बाट टाढा भइनेछ। सामान्य खर्चको समेत योग बन्नेछ। हरकसैलाइपूर्ण बिश्वासको नजरले नहेर्नूनै उत्तम रहनेछ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अध्यन अध्यापनमा समय उत्तम रहनेछ। नयाँ सिपमुलक कार्यको थालनीको राम्रो समय रहेकोछ। फसेका लगानी उठाउन आजको दिन नीकै प्रभावकारी रहनेछ। कार्यस्थल परीर्वतन गर्नाले निकै उत्तम फल प्राप्त हुनेछ। मानसम्मान प्राप्त हुने योग रहेकोछ।