नुवाकोट /
जिल्लामा बाल बिकास शिक्षकहरु माथी अपमान भएको छ। बाल बिकास शिक्षिका भगवती खनालका अनुसार बाल बिकास शिक्षकको कार्यक्रममा अन्य शिक्षक पठाएर अपमान गरिएको हो।

बागमति प्रदेशले आफ्नो सबै जिल्लाका सामुदायिक बिधालयमा रहेका बाल बिकास शिक्षककाे लागि २ दिने प्रबोधीकरण कार्यक्रम सञ्चालन गरेको भए पनि अरु १२ जिल्लाका बालबिकास शिक्षक उक्त कार्यक्रममा सहभागी भए तर नुवाकोट जिल्लाले भने चारसय पचासी बाल बिकास शिक्षककाे मान हानि हुने गरि उक्त कार्यक्रममा अन्य शिक्षकलाई नै सहभागी गराएको हो।

जुन कार्यक्रम बाल बिकास शिक्षककाे लागि भनिएता पनि नुवाकोट जिल्ला भरिकै बालबिकास शिक्षककाे अपमान गरेर अन्य शिक्षकलाई सहभागी गराएकाे जानकारी पाएपछि बाल बिकास शिक्षकहरुले छानविनका लागि आईतवार नै विदुर नगरपालिकाका प्रमुख राजन लाल श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

न्यून पारिश्रमिकमा काम गर्ने बाल बिकास शिक्षककाे कार्यक्रममा अन्य शिक्षकलाई सहभागी गराई नुवाकोट जिल्लामा रहेका ४८५ बाल बिकास शिक्षककाे अपमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x