आज दिउँसो ३ बजे बागमती प्रदेशले ६० अर्व बढीको बजेट ल्याउँदै

ताजा समाचार वागमती समाचार

नुवाकोट /
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट आज सार्वजनिक हुँदैछ। प्रदेशसभाको दिउँसो ३ बजे बस्ने बैठकमा सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंलामाले आगामी आर्थिक वर्षका लागि निर्धारित बजेट प्रस्तुत गर्नेछन्।

बजेट सार्वजनिक गर्नु पूर्व मन्त्रिपरिषद् बैठक बस्दैछ। सरकारको आगामी आर्थिक वर्षको बजेटलाई संसद्मा पेस गर्न स्वीकृतिका लागि आज शुक्रबार दिउँसो १ः३० बजेका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरिएको छ।

उक्त बैठक पश्चात् प्रदेश सरकारको बजेट सदनमा पेस गर्ने सरकारको तयारी रहेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६० अर्ब रुपैयाँ भन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ।

प्रदेश सरकारले भौतिक पूर्वाधार विकास, शिक्षा स्वास्थ्य, कृषि र रोजगारी सृजनालाई प्राथमिकतामा राखेर बजेट तयार गरिएको प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *