
नुवाकोट /
मैना देवी फाउन्डेसन नामक संस्थाले बैशाखको दोश्रो हप्तादेखि ” cleanup premiere league ” क्याम्पियनको सुरुवात गरेका छन् ।जस अन्तर्गत काठमाडौँ भित्रका १५ ओटा कलेजहरू हरेक हप्ताको शुक्रवार विभिन्न सरसफाई कर्यक्रम गर्दै काठमाडौँ भित्र आफ्नो आफ्नो क्षेत्रमा जनचेतना फैलाउदै सरसफाई गर्दै प्रतिस्पर्धी गर्नेछन् ।
उक्त क्याम्पियनको उदेश्य सरसफाई र जनचेतना फैलाउनु मात्र नभई काठमाडौँको हरेक क्षेत्रलाई नमूना क्षेत्र बनाउँदै काठमाडौँ एउटा नमुना सहर को रुपमा स्थापना गर्नु पनि हो ।
उक्त क्याम्पियनको अवधि ६ हप्ता रहेको र अहीले cpl ले पाँचौं हप्ता टेकिसकेको छ ।
उक्त क्याम्पियनमा बसुन्धारा स्थित southwestern state college ले पनि सहभागिता लिएको छ।Southwestern ले हालसम्म सामाखुसी बसुन्धारा क्षेत्र, स्यम्भुनाथ स्तुपा, पशुपतिनाथ लगायतका क्षेत्रहरुमा विभिन्न जनचेतनमूलक कार्यक्रमहरु ,slogan rally, सरसफाई जस्ता विभिन्न कार्यहरू गर्दै त्यस क्षेत्रका मानिसहरुलाई सरसफाई सम्बन्धी जनचेतना जगाउदैं फोहोर नगर्न आग्रह गरेका छन्।
क्याम्पियनको दौरानमा फुल दिँदै सरसफाईमा स्वागत, खानेपनी वितरण, “लजाएर होइन रमाएर सफा गरौं “” सरसफाई हाम्रो दायित्व हो ” भन्ने नारामा आधारित र्ली निकालिएको थियो। सरसफाई सम्बन्धी ज्ञान दिदै, सरसफाई जस्ता कार्यहरु विभिन्न स्थलमा पुगेर सम्पन्न गर्ने गरेको छ।
हालसम्म Southwestern कोcpl मा यात्रा राम्रो रहेको छ। प्रतिस्पर्दा अझै जारी छ ।आगामि दिनमा पनि अरु कलेज भन्दा पिथक रहेर काठमाडौंलाइ सुन्दर सहर वनाउन लागि पर्ने कुरा अष्ट डिम्डुङले व्यक्त गर्नु भयो।
एउटा सामाजिक प्राणी भईसकेपछि समाजलाइ सिहि गति र सभ्य समाजमा रुपान्तरण गर्नु हाम्रो कर्तव्य हो। सामाजिक अभियान्ता, मैना देवि फाउन्डेसनका सदस्य जो अहिले चलिरहेको Cleanup premiere league बाट Southwestern State Collage लाइ लिड गर्दै आफुपनि उहाँ सँग हास्दै रमाउदै काठमाडौं सहर सफाइमा व्यस्त छन्।