
पैसा र पहुँच भए जे पनि हुन सक्छ भन्ने तीतो यर्थाथलाई सार्थक बनाउँदै यहाँ एक कैदीले जेल जीवन विताई रहकै अवधिमा सवारी चालक अनुमती पत्र (लाईसेन्स) प्राप्त गरेको अनौठो घटना उजागर भएको छ।
स्वास्थ्य अवस्था ठिक र स्थल मै पुगेर लिखित, मौखिक परिक्षा र ट्रायल परिक्षण लगायतका प्रक्रियामा सफल भए मात्रै सवारी चालक अनुमती प्रमाण पत्र पाउने यातायात व्यवस्था ऐनमा उल्लेख छ।
तर यहाँ स्थित राजविराज कारागारमा जेल जीवन विताई रहेका सप्तरीको साविक कल्याणपुृर गाविस हाल खडक नगरपालिका ७ वस्ने मो.मन्जुर मियाँको २२ वर्षिय छोरा मो.सैयद मियाँले त्यस्तो कुनै प्रक्रिया नै पुरा न गरी सवारी चालक अनुमती पत्र प्राप्त गरेको चकित तुल्याउने घट्ना सार्वजनिक भएको हो।
अपहरण तथा शरिर बन्धक मुदामा उनी २०७४ बैशाख ५ गते देखी राजविराज कारागारमा छन्।
तर उनको हातमा ०७४ साल असार ३० गते सुनसरीको इटहरी स्थित यातायात व्यवस्था कार्यालयबाट वस, ट्रक, लहरी (हेवी सवारी साधन)को सवारी चालक अनुमती पत्र प्राप्त गरेको पाइएको अचम्मको घटना उजागर भएको छ।
उनको साथमा रहेको सवारी चालक अनुमती पत्रको सिरियल नम्बर ३९९०५६१ हो। लाइसेन्स नं ०२–००–११–३४ हो । लाईसेन्सको अवधी सकिने मिति २०७९ असार ३० गते हो।
लाईसेन्समा उल्लेखित नागरिक्ता नं।१६ १०७९\३२२ र सैयद मियाँ संग रहेको नेपाली नागरिक्ताको नम्बर पनि एउटै हो।
लाईसेन्स र नागरिक्ता दुबैमा बुवाको नाम मन्जुर मियाँ र ठेगाना कल्याणपुर उल्लेख छ।
यो खबर आजको राजधानी दैनिकमा छ।