
मर्दा सँसार लैजान्छु भन्नेले लान सकेकाे छैन
सत्यलाई आगाेले पनि यहाँ खान सकेको छैन।
दुनियाँ के साेँचेर उचाल्ने ,पछार्ने खेलमा लाग्छ
काेही विना बाँच्दिन् भन्ने चित्तामा जान सकेको छैन।
खुसिले आमा,बुबा खुव प्यार गर्छन् सन्तानलाई
लाग्छ श्वास रहुन्जेल गर्ने त्यो दान सकेको छैन।
फाल्नेहरुले चुड्दै फाल्दै गरे काेपिलाहरु धेरै
चुडे पनि फक्रन काेपिला वगान सकेकाे छैन।
खरानी हाे अन्तिममा जिन्दगी सबैको थाहा हाेला
फेरि पनि मुर्खहरुकाे फाेस्रा सान सकेको छैन।
भगवती खनाल ‘सुनाखरी’
नुवाकोट