विदुर १३ का श्याम शिवभक्ती ४ दिनदेखि सम्पर्क बिहिन: खोजी गरिदिन परिवारको अपिल

समाचार

नुवाकोट/

जिल्लाका एक युवा धादिङको गल्छीबाट चारदिन देखि बेपत्ता भएका छन् ।

गत चैत २१ गते बेलुकी साढे ७ बजे धादिङको गल्छीमा छु भनेर श्रीमती संग फोन सम्पर्क गरेका विदुर- १३ देउडी साबिक कल्याणपुरका ३५ बर्षिय युवा श्याम कुमार शिवभक्ती उक्त समय देखी सम्पर्क बिहिन भएका उनका भाइ राम शिवभक्तीले बताए ।

उनले भने – दाजु काम गर्ने भनेर भारत जादै थिए । भारत जाँदै गर्दा बाटोमा बिरामी परेपछि घर फर्किने क्रममा चैत २१ गते बेलुकी साढे ७ बजे भाउजू संग फोनमा गल्छीमा छु ,घर आउदै छु भनेर फोन सम्पर्क बिच्छेद भएका दाजु संग चारदिन सम्म सम्पर्क हुन सकेको छैन,नातागोता इष्टमित्र सबैतिर खोज्यौं कहीपनि फेला नपारेपछि चिन्तामा छौं ।

सामन्य मजदुरी गर्दै आएका शिवभक्ती तीन देखि बेपत्ता भएपछि परिवारजन पीडामा परेका छन् । उनको परिवारमा श्रीमती र ४ छोरी सहित बुढा भएका आमा बुबा रहेका छन् ।

परिवारले उनको खोजीको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा जानकारी गराएको छ।उनको खोजी गरिदिन र फेला पारेमा नजिकको प्रहरी चौकीमा खबर गरिदिन परिवारजनले अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *