नुवाकोट /
नेपाल सरकारले नुवाकोटको लिखु सहित ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको छ ।

हरेक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने सरकारको नीतिअनुसार राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७ जिल्लाका ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको हो ।

राजपत्रअुनसार काभ्रेको मण्डनदेउपुर नगरपालिका, बेथानचोक गाउँपालिका, नुवाकोटको लिखु गाउँपालिका, म्याग्दीको रघुगंगा, पाल्पाको रिब्दीकोट, गुल्मीको रुरु क्षेत्र, जुम्लाको तातोपानी र दार्चुलाको अपिहिमाल गाउँपालिकामा सरकारले औद्योगिक ग्राम घोषणा गरेको हो ।

सरकारले ती स्थानीय तहमा औद्योगिक क्षेत्रको सीमांकन समेत गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय