नवनियुक्त मन्त्रीहरुले लिए सपथ

समाचार

नुवाकोट /
नवनियुक्त मन्त्रीहरूको शपथग्रहण भएको छ। शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन्।

शपथग्रहण गर्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री, शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास मन्त्री, प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री, अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, शरत्‌सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, रञ्जिता श्रेष्ठ चौधरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री र महिन्द्र राय यादव महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *