काठमाडौ /
दाङको टरिगाउँबाट काठमाण्डौका लागि उडेको सिता एयरलेयात्रुलाई नेपालगञ्ज पुर्याए पछि केहिबेर यात्रु अलमलमा परेका थिए। काठमाडौ जाने विमान काठमाडौको रुट नगए पछि यात्रुहरु केहि भयो कि भनेर आत्तिएका थिए।
त्यहीँ सिता एयरमा चढेका यात्रु तुलसीपुर उपमहानगरपालिकाका कर्मचारी समेत रहेका झरेन्द्र खरेलले रुट फरक परेपछी नजिकै रहेको एयर होसटेजलाई कहाँ लग्न लाएको भनी सोधपुछ गर्दा नेपालगञ्ज जान लाएको थाहा पाएको बताएका छ्न।
पुर्ब जानकारी बिना यसरी नेपालगञ्ज लगिनु धेरै नै लापरबाही भएको बताए। अलपत्र अबस्थामा नेपालगञ्जमा छोडेपछि केही समयपछिको भनासुन पछि कोहि बुद्ध एयर र कोहि श्री एयरबाट काठमाडौ आएको बताएका छन । उनका अनुसार विमानका कर्मचारीले राराबाट आकस्मिक उडान भर्नुपर्ने भन्दै यात्रुलाई ओरालेर त्यहाँबाट जहाजले अन्यत्र उडान भरेको थियो ।
१२ जना यात्रु लिएर उडेको जहाज सवा ११ बजे नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको थियो ।
