काठमाडौ /
कडा सुरक्षाबीच प्रचण्ड बानेश्वर बान्क्वेटमा भएको कार्यक्रमलाई सम्बोधनका लागि पस्नेबित्तिकै हलमा नाराबाजी सुरु भएको छ। हलमै रहेका ३ जना युवाहरुले प्रचण्डविरुद्ध नाराबाजी गरेका हुन।

प्रचण्ड हलमा छिर्नेबित्तिकै ब्याक गर्, मिटर ब्याज ब्याक गर् सहितका नारा उनीहरुले लगाए।

प्रचण्डसँग आफ्ना कुरा राख्न पाउनुपर्ने माग गरिरहेका उनीहरुलाई प्रहरीले तत्कालै धरपकड गर्यो।

उनीहरुले ‘गरिबमारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर्, नालायक सरकार होसियार, मिटर ब्याज ब्याक गर्, युवाहरुलाई मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन जस्ता नारा लगाएका थिए।

प्रहरीले मुख थुन्दै बाहिर निकाल्दै गर्दा ती युवाले ‘आतंककारी प्रचण्ड मुर्दाबाद’को नारासमेत लगाउन भ्याएका थिए।उनीहरुलाई नारा लगाउन नदिन प्रहरीले मुख थुनिदियो भने लछारपछार पार्दै पार्टी प्यालेसबाट बाहिर निकाल्यो। त्यसपछि प्रचण्डले केहीबेर भाषण गरेर त्यहाँबाट बाहिरिए।

आफूहरुलाई स्वतन्त्र युवा अभियन्ता भनेर प्रचण्डविरुद्ध नारा लगाउने तीनजनालाई प्रहरीले त्यहाँबाट पक्राउ गरेको थियो।

काठमाडौं प्रहरी परिसरका एसपी सीताराम रिजालका अनुसार तीनजनालाई पक्राउ गरेर बानेश्वर वृत्तमा राखिएको छ।

पक्राउ पर्नेमा ३० वर्षीय सोम शर्मा, बाग्लुङ, १८ वर्षीय विप्लव खड्का, बझाङ र २३ वर्षीय उद्धव बस्नेत, सोलुखुम्बु रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय