नुवाकोट /
अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा स्थानहरूमा मेघगर्जन र चट्याङ सहित वर्षा भइरहेको जनाउदै महाशाखाले आज दिनभर आंशिकदेखि सामान्य बदली कायमै रहने जनाएको छ ।

आज दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरु तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै राति पहाडी भू-भागका केही स्थान तथा तराई भू(भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिकरहल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय