सहकारीबाट २ लाख चोरी गर्ने नुवाकोटका एकजना पक्राउ

समाचार

नुवाकोट /
सहकारीमा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गत माघ ३ गते काठमाडौंको टोखा-७ स्थित मिसास बचत तथा ऋण सहकारी संस्थाबाट चोरी गर्ने बेलकोटगढी -११ तिगाउँका ३३ वर्षीय रुपबहादुर तामाङ पक्राउ परेका हुन्।

उनले गत माघ ३ गते राति उक्त सहकारी संस्थाको ढोका फोडेर सेफसहित दुई लाख रुपैयाँ चोरी गरेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले तामाङलाई बसुन्धाराबाट पक्राउ गरी थप कारबाही तथा अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्जमा पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *