काठमाडौ /
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।सरकारबाट बाहिरिने निर्णय गरेसँगै एमालेबाट मन्त्री बनेका सबैले आजै राजीनामा बुझाउने भएका हुन् ।

बालुवाटारस्थित निवासमै गएर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु राजीनामा बुझाउन लागेका हुन् ।

एमालेबाट उपप्रधानमन्त्रीसहित कुल ८ मन्त्री रहेकाेमा ७ जनाले आजै राजीनामा दिन लागेकाे बताइएकाे छ । मन्त्री हरि उप्रेती भने बिरामी रहेकाले उनकाे राजीनामा पछि बुझाइनेछ।

पछिल्लो समय एकाएक चिसिएको माओवादी र एमालेबीचको सम्बन्ध तथा प्रधानमन्त्रीको दाउपेचका कारण आज एमालेले आकस्मिक सचिवालय बैठक डाकेर सरकारबाट बाहिरिने निर्णय गरेको थियो। साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय