अबदेखि फेसबुक र इन्स्टाग्राममा पनि ‘ब्लुटिक’ प्रमाणीकरणको पैसा लाग्ने

ताजा समाचार समाचार

नुवाकोट /
सामाजिक सञ्जाल इन्स्टाग्राम र फेसबुक प्रयोगकर्ताले अबदेखि पैसा तिरेर आफ्नो एकाउन्टको ‘ब्ल्यु टिक’ प्रमाणीकरण लिन सक्ने भएका छन्।

मातृकम्पनी मेटाले ११.९९ अमेरिकी डलर प्रतिमहिना रकम लिएर ‘ब्ल्यु टिक’ प्रमाणीकरण गर्ने घोषणा गरेको हो। आईफोन प्रयोगकर्ताले भने १४.९९ अमेरिकी डलर तिर्नुपर्नेछ।

अस्ट्रेलिया र न्युजिल्यान्डमा यही हप्तादेखि यो कार्य सुरु हुनेछ। योसँगै सामाजिक सञ्जालमा सुरक्षा र आधिकारिकतामा सुधार आउने मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले बताएका छन्।

यसअघि नै अर्को सामाजिक सञ्जाल ट्विटरले पैसा लिएर प्रमाणीकरण गर्ने कार्य सुरु गरेको छ। गत वर्ष नोभेम्बर २२ देखि ट्विटरका मालिक इलोन मस्कले यो सुरु गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *