जनयुद्धको विषयमा नेपाली समाजमा बर्गिय बिभाजन छ किनभने बर्गिय दमन, शोषण ,उत्पीडन र राज्य विरुद्ध नै हुँकार सहितको बिद्रोह थियो जनयुद्ध।
भुइँमान्छेलाई कम्युनिष्ट , माक्र्सवादी प्रजातान्त्रिक शब्दावली सँग खासै रुचि छैन,चिन्ता र माया केबल जिविनवृत्तिको छ। शिर ठाडो, छाती खुल्ला ,रोकतोक र कसैको हस्तचेप विना खुल्ला आकाशमा स्वतन्त्रताको दुई मुट्ठी सास फेर्ने ठुलो चाह हुन्छ।म पनि मान्छे हुँ भन्ने अनुभुती निष्फिक्री गर्ने अभिलाषा बोकेका हुन्छन्।हो सरकारले तेहि भुइँ मान्छेहरुको उन्नत चेतनाको राप,ताप र उज्यालो अभिनव भबिस्यको लागि पाइन हालेको हेर्न मन छ र तेसैको लागि थियो माओवादी जनयुद्ध।
माओवादी विद्रोह गरीब, निमुखा, उत्पीडित ,सीमान्तकृत र सामाजिक बहिष्करणमा परेका तत्काको लागि एउटा आसाको किरण थियो।सपना थियो।चाहना थियो। भबिस्य थियो।हो उर्जा थियो।आड,भरोसा र बिश्वास पनि थियो। यहि बर्गिय साथ, सहयोग र प्रेममा प्रवाहित आन्दोलनले ठोस आकार लिगेको थियो। विद्रोह न्यायको पक्षमा थियो, समतामूलक समाज निर्माणको पक्षमा थियो।श्रमजीवीको राष्ट्रिय पूँजीमा पहुँच पुराउन थियो।शोषण र दमनको जरोकिलो उखेल्न लाई थियो।उत्पादन साधनमा समान्तवादी रजाइँ तोड्नु थियो र समाजवादी वितरण प्रणाली लागु गराउन लाई थियो।बिद्रोहको गर्जन थियो, निमुखाको पहुँचमा राज्य व्यवस्था निर्माण गर्ने।सर्वहारा, गरिब र उत्पीडित वर्गले शासनको बागडोर समाल्ने र पक्षधरता सेवा गर्ने।आर्थिक, सामाजिक, राजनैतिक र समाजिक क्षेत्रमा क्रान्ति गर्ने। मूलाधार यही मुद्दाहरू थिए।
गाउँ बस्ती हरु बाट विद्रोहको लागि दलित उठे,उत्पीडित जुटे,शक्तिहीनहरु जुरमुराउए,निर्धाहरूले लड्न थाले। खासम यो बिद्रोह आफैंम वर्गीय थियो।समर्थन र विरोध पनि वर्गीय। तर साँच्चै राज्य ,राज्य हुन सकेको थियो, शोषण थिएन भने र गरिव गुरुवाले शासन सत्ता मेरो पनि हो भन्ने स्वामित्व र अपनत्व अनुभुती गरेका भए सायद यो विद्रोहको कल्पना सम्म हुँदैन थियो होला।के मान्छे रहरले राज्य सँग लड्छ होला र? के मान्छेलाई आतङ्ककारी बन्ने उत्कण्डा हुन्छ होला र?राज्यले बुझ्न सकेन भोक, अन्याय र शोषण खतरनाक हतियार पनि हुन सक्छ भनेर।
खास कुरा किन देशको असी प्रतिशत भु-भाग र हर गाउँमा राज्यको उपस्थित कमजोर थियो? राज्य सहरको लागि थियो, राज्य धनिको लागि थियो, राज्य केही मुट्ठी भरका नागरिकको लागि थियो।यसले पनि राम्रो बिद्रोहलाई मलजल गर्यो।
सिरक ओढेर राज्यको घ्यू खान पल्केका जमात लाई यो मन परेन र पर्न पनि हुँदैन। विभिन्न उपमा दिए र पनि विद्रोह सदैव यहि प्रवृत्ति विरुद्ध हुन्छ र हुनु पर्दछ।
आजको यक्षप्रश्न के भयो जनयुद्धको उपलब्धि?गणतन्त्र ल्याए, संघीयता लागु गरे, धर्मनिरपेक्षता कायम भयो, समावेशिता जोडटोडले अगि बढ्दै छ, समानुपातिक प्रतिनिधित्वको कुरा सबै ठाउँ प्राप्ति भयो। हो व्यवस्था परिवर्तन भयो।भुइँ मान्छेहरुको विवशता कता पुग्यो? व्यवस्था परिवर्तनले मात्र जीवनको सम्बोधन गर्न नसक्ने कुरा प्रष्ट देखियो। आज पनि सत्तामा हालिमुहाली तिनीहरुकै छ जस्को हिजो थियो र जुन तप्का र प्रवृत्तिको विरुद्ध आवाज उठेको थियो। विकास र संवृद्धिको लडाइँमा माओवादी पंक्ति कहाँ पुग्यो? शान्तिको नाममा सम्झौतामा ओर्लिएको जनयुद्धले आफ्ना के के मुद्दा हरूमा समेत सम्झौता गर्यो त?सपना बाट प्राप्त उर्जा, सपना धूमिल हुँदै गर्दा असन्तुष्टि र प्रतिशोधमा परिणत हुनु पनि प्राकृतिक हो। तै असन्तुष्टि र प्रतिशोध कहिले खाडीबाट सुनिन्छ त कहिले गाली र हत्यारा को नाममा। संसदिय अंकगणित हेर्ने हो भने पनि लोकप्रिय मत ओरालो लागेर, चुचुरो बाट फेदीमा झरिसक्यो। यति छिट्टै यो सबै कसरि हुन गयो?
टिकेप्रथा कायम हुनु, नेता कार्यकर्ताको आचरण र कार्यशैली सर्वहारा वर्गिय नहुनु, पार्टीमा नयाँ सम्भ्रान्त वर्गको उदय हुनु, नेताहरूको रोजाइमा पार्टी कार्यकर्ताको ठाउँमा आफन्त र नातेदार पर्नु,नेतृत्व कार्यकर्ताको पहुँच बाहिर हुनु तर दलाल पूँजीपतिको छत्रछायामा रमाउनु।जनता सँग नजोडिनु,कार्यकर्ता तथा नेता आर्थिक रुपमा धुमिल हुनुले आन्दोलन प्रति घात त गरिएको छैन?
एका तिर निकै धूर्त, षड्यन्त्रकारी, सङ्गठित शक्तिहरूसित लड्नु परेको हुन्छ माओवादी लिगेसि बेकेका नेता कार्यकर्ताले भने अर्को तिर नागरिक जनअदालतमा प्रश्नका चाङ छन्।चेतनाहीन लोकतन्त्र,मुर्दा शान्ति र सबै नागरिकको पहुँचविहीन शासन व्यवस्था कसरि उन्नत राजनैतिक व्यवस्था हुन सक्छ?आन्दोलन सधैं सत्तामा चढ्ने खुड्किलोमात्र हुने हो भने नेता प्रति बिश्वास कसरि पलाउछ। सहिदका सपना टुकुचा बगाएकै हो भन्ने प्रश्न उठ्दा किन जोडदार जवाफ छैन हामि सँग!
माओवादी आन्दोलनमा समाहित कमान्डर ,कमिसार र कार्यकर्ता बीच बर्गिय मित्रद्रोह किन भयो?निर्मम समिक्षा गर्ने हो भने आन्दोलनको भित्र विकसित भएको प्रवृत्तिहरुको पटाक्षेप हुनेछ। आवश्यकता शुद्धीकरणको छ,फेसबुके आत्मरति गालीगलौजमा छ।गल्ती छोप्नुलाई पराक्रम ठान्ने सोच बाट माथी उठि आत्मआलोचना र समिक्षा गर्ने साहसको जरुरत छ। ढुक्क हुनुपर्ने कुरा वादलले पानी पार्दैन तर यो गतिमा र यति तल्लो स्थरमा बैचारिक र ब्यबहारिक आत्मसमर्पण,स्खलित मानसिकता को उपज के हो? पात्र गौण हुन हिजो आन्दोलन प्रधान हुने स्वभाव आज पद, प्रतिष्ठा र पैसामा किन र कसरि टुङ्गिन पुग्यो? निर्मम समिक्षाको आवश्यकता कहिले हुन पर्ने हो?नत्र काम कुरो एकातिर कुम्लो बोकि ठिमी तिर को हबिगत पार्टी र आन्दोलनको नहोला भन्न सकिन्न कि?
हरेक दर्शनको बिशिस्ट चरीत्र हुन्छ।आफ्नो बर्गहित, विचार, सामाजिक, आर्थिक र राजनैतिक उद्देश्यको सेवा गर्ने। आजको यक्षप्रश्न,के माक्र्सवादी दर्शन र बिचारधारा बोकेको पार्टीहरुले दर्शन अनुरुप सेवा प्रदान,पक्षधरताको वकालत र वर्गीय पृष्ठपोषण गरेको छ?छैन भने दर्शन बेच्न छोड्ने कि रुपान्तरण हुने? धरातलमा ओल्लिएर यथार्थबादी हुने कि मन को लड्डु घ्यू खाँदै कल्पनामा सिमित भइ रहने।आफ्नै पखेटा बिना आकाशमा उड्ने सपना भनेको बालुवाको घर बनाउने बाल हठ मात्र हो।
दमन र शोषणको भुङ्ग्रोमा हात हालिसके पछि अलि अलि त पोलिहाल्छ नि। तर पोलाइ को पिडा भन्दा जित पछिको आत्मगौरव, बर्गिय मुक्ति र शोषण रहित स्वतन्त्रताको स्वप्निल आनन्द अनुभुती गर्न नसक्नेले नेतृत्वले अब माओवादी पार्टीको लिडरसिप लिन हुँदैन र गर्न सक्दैन। पूर्वाग्रह र प्रतिशाेध माथि उठेर आम नागरिक र बर्गिय जिजीविषा जगाउनु पर्दछ। चुरो कुरा यहि हो, मर्न पाए मुक्ति हुन्थ्यो भन्ने गरिबहरुमा बाँच्ने चाहाना प्रादुर्भाव भएको दिन हरेक कम्युनिष्ट कार्यकताको छाति गर्बले चौडा हुनेछ।कार्यकर्ता, नेताको सोच र प्रवृत्ति गलत भयो भने जुन वाद अङ्गिकार गरे पनि शुन्यमा विलीन हुन्छ।
बौद्धिक बिलासिताले मात्र मुक्ति सम्भब छैन।
दुनियाँबारे व्याख्या एवं विश्लेषण गर्ने कुरा मात्र मुख्य होइन, त्यसलाई बदल्ने कुरामै जोड लगाउनुपर्छ।
यहि हो आजको आम बुझाइ, ब्यबहारिकता र आवश्यकता।’एक्सन स्पिक लाउडर देन भोइस’।
गरिबको सपना, भोक, जिबन र समय माथी मुद्दा छाडी मुद्राको राजनीति गर्ने मुखुण्डोहरूको छेदन जरुरी छ। आन्दोलन कमजोर बनाउन टुट, फुट , राजनैतिक जार्गन र पदलोलुपमा बसेर युवाहरूको जवानी डकैत गर्ने प्रवृत्ति पहिचान छ र निर्मम समिक्षा जरुरी छ।
साहस चाहिन्छ, पलायन हुने होईन ।संघर्ष गर्नुपर्छ, सम्झौता चल्दै गर्छ।गरुङ्गो छ बिद्रोहको लिगेसी, मै हुँ भन्नेले गालीपुराण सुनाएर नाम बोक्ने हैसियत राखेनन्।विप्लवी पहिचानले जन्माएको नामको गरिमा राख्ने स्तर पार्टी र सङ्गठनद्वारा निर्माण गर्यौँ।आन्दोलन सम्मानित हुने वातावरण र परिस्थिति निर्माण गरौँ ।आगामी पुस्ताले गर्व साथ भन्न सकोस् ” जनयुद्ध दिवस जिन्दावाद” !
“विर सहिद लालसलाम”।
प्रभु खतिवडा